मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउमा : योगेश भट्टराई

डिसी नेपाल
१९ साउन २०८१ १७:२९
24
Shares

काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाँउ आउनुपरेको बताएका छन्।

ताप्लेजुङ सरोकार केन्द्रद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउदा विकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाँउ आउनुपरेको बताएका हुन्।

उनले इतिहासको कठिन मोडमा कांग्रेस–एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अब मुलुकलाई अघि बढाउनका लागि पनि एकठाँउ आएको जिकिर गरे। उनले अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगायतका विषयलाई सहज ढंगले अघि बढाइने धारणा राखे।

नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस–एमालेले अग्रसरता लिएपनि सबै राजनीतिक दलहरुलाई एकसाथ लिएर जाने उनले बताए।

भट्टराईले नेपालको जलवायु परिवर्तनको असर ताप्लेजुङ लगायतका हिमाली क्षेत्रमा धेरै देखिएकाले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सवै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *