कार्यअवधि नपुगी एआईजीको सरुवा, सीआईबीमा थापा
काठमाडौं। सरकारले कार्यअवधि नपुगी तीन अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एआइजी श्याम ज्ञावालीलाई चार महिनामा सरुवा गरेको हो। उपत्यकाका प्रहरी कार्यालयमा कार्यरत एआईजी दीपक थापालाई सिआइबीमा सरुवा गरिएको छ।
ब्यूरोमा कार्यरत एआईजी ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको छ।
डिआइजी रामदत्त जोशीलाई एआइजीमा बढुवासँगै प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment