जनार्दनको आरोप-खुमलटारले नै जनार्दनले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो
काठमाडौं। नेकपा माओवादी केन्दका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी बिभाजन गर्न खोजेको अनावश्यक आरोप लगाएको जनाएका छन्।
माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदामार्फत सो आरोपको पुष्टि गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन्।
‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगे पचि तिब्रता दिइयो, उक्त प्रचारबाजीलाई मधत पुग्ने गरी पोखरामा पुक्ष्दा मुल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराए पछि सुन्नेहरुलाई पार्टी फुटने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनतीतिक प्रस्तावमा उल्लेख गरेका छन्, ‘फुटाउने कसले हो भनेर भनिदिए पछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटदैँछ र भन्ने सोध्ने गरेका छन्।’
उनका अनुसार माओवादी बिभाजन अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसीसमेतमा चासोको बिषय बन्न पुगेको छ।
उनले भनेका छन्-मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरु छन् । ती प्रश्नहरुको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पंक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ । स-सना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ।’


No ads found for this position


डिसी नेपाल
Facebook Comment