इमान्दारिता नभए विज्ञताको अर्थ छैनः नारायणमान बिजुक्छेँ

डिसी नेपाल
२७ साउन २०८१ २१:४२
60
Shares

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जुनसुकै पेशा, व्यवसाय तथा क्षेत्रमा इमान्दारिता सबैभन्दा ठूलो विषय भएको बताएका छन्।

निओ फ्युजन स्कुल अफ कम्प्युटर आयोजना गरेको पुरस्कार वितरण एवं अभिनन्दन कार्यक्रममा उहाँले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार हुन अत्यन्तै जरुरी रहेको बताए। अनुशासन छैन भने विज्ञताको कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले युवा पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको बताए।

कार्यक्रममा उनले नेपालको वरिष्ट पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान पत्र प्रदान गरे। साथै विभिन्न विधामा निःशुल्क प्रशिक्षण दिने प्रशिक्षकहरुलाई प्रंशसा पत्र प्रदान गरिएको थियो।

संस्थाले यसवर्ष एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल ४६० जनालाई विभिन्न १० वटा तालिम दिएको जनाएको छ। संस्थाले हालसम्म विभिन्न विधामा छ हजार सात सय ८० जनालाई विभिन्न तालिम प्रदान गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *