सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

डिसी नेपाल
३० साउन २०८१ १८:४७
32
Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आज (बुधबार) उनले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव राखेका हुन्।

कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुनेमा मुख्यमन्त्री शाहले ३६ मत प्राप्त गरे। आजको प्रदेश सभा बैठकमा कूल ४५ सांसदको उपस्थिति रहेको थियो।

उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले मत दिएका थिए । विश्वासको मतको विपक्षमा ८ मत र तटस्थमा १ मत परेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *