पार्टी फुटको हल्ला निराधारः प्रचण्ड

डिसी नेपाल
३१ साउन २०८१ १८:४४
44
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको हल्ला निराधार भएको बताएका छन्।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी फुट्दैछ भनेर चलाइएको हल्ला निराधार भएको बताएका हुन्।

पार्टीभित्र देखिएका कतिपय सन्दर्भमा आएका आशंका र भ्रम बैठक समापन हुदाँसम्म चिरिएको उनले बताए। त्यस्तै उनले संक्रमणकालीन न्यायसँगसम्बन्धीत विधेयक पिडितमैत्री रहेको उल्लेख गरे।

उनले विधेयकहरुले पिडितहरुको मागलाई राम्रोसँग सम्बोधन गरेकाले ढूक्क हुन आग्रह गर्दै अब कार्यान्वयनमा जोड दिने बताए। वर्तमान सरकारको एक महिने कार्यकालका विषयमा आफुले केही दिनमा संसदमा धारणा राख्ने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *