अमेरिकामा नेपाली मूलकी नर्स दुई सातादेखि बेपत्ता

डिसी नेपाल
३२ साउन २०८१ १९:०१
64
Shares

वाशिंटन डिसी। अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत २८ वर्षीया नेपाली नर्स दुई सातादेखि बेपत्ता छिन्।

भर्जिनियाको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट सम्पर्कविहीन भएकी हुन्। उनकाे खाेजी भइरहेकाे छ। ममताको लागि खोजीमा मनासस पार्क प्रहरीले १६ घन्टा सम्म काम गरिरहेको जनाएकाे छ।

मनासस पार्क प्रहरी विभागले एक सूचना जारी गर्दै त्यसपछि उनको परिवारसँग सम्पर्क नभएको उल्लेख गरेको छ। बेपत्ता भएको धेरै समय भएकाले यसलाई प्रहरीले शंकास्पद मानेको छ ।

प्रहरीले राज्यव्यापी रुपमा हराएको व्यक्तिको सूची सञ्चालन गरेको र जासूसहरूले ममता काफ्ले भट्ट बेपत्ता भएको बारेमा अनुसन्धान जारी राखेको बताएको छ। भर्जिनिया राज्य प्रहरीले ममताको खाेजी गर्न सबै भर्जिनिया र अन्य अमेरिकी प्रहरी सँस्था (एजेन्सी)हरूलाई सूची वितरण गरेको जनाएकाे छ।

अगस्ट बिहीबार दिउँसो मनासस पार्क प्रहरी बिभाग अगाडि ममताकाे खाेजी गर्न दबाव दिने उद्देश्यले सबै समुदायका व्यक्तिहरु ,संचार माध्यम, ममताका साथीहरु ,स्वास्थ्यकर्मी ,शुभ चिन्तक ,बिभिन्न संघ/संस्थाका प्रतिनिधि,स्थानीय नेतृत्ववर्ग ,समाज सेवीले धर्ना दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *