श्रीमतीको हत्या गरेकाे अभियोगमा एक जना पक्राउ
भद्रपुर। झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एकजनालाई पक्राउ गरिएको छ।
सामान्य घरायसी विवादमा आज साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।
घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको उनले बताए। अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment