सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९औँ संस्करण घोषणा
गण्डकी। १९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले आज पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएको हो।
यो संस्करणमा २१ किमिको पुरूष म्याराथन थपिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए। विसं २०५८ मा स्थापित उक्त संस्थाले वर्सेनि अन्तराष्ट्रियस्तरको म्याराथन प्रतियोगिता गर्दै आएको छ।
‘स्वास्थ्यका लागि, पोखराका लागि’ आदर्श वाक्यसहित हुँदै आएको उक्त प्रतियोगिताको गत १८औँ संस्करणमा रु ७५ लाख २४ हजार आम्दानी र रु ७१ लाख ५२ हजार खर्च भई रु तीन लाख ७२ हजार बचत भएको सो अवसरमा जानकारी दिइयो।
आगामी १९औँ संस्करणमा कूल नगद पुरस्कार रु २१ लाख ३४ हजार प्रस्ताव गरिएको मञ्चले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment