अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

डिसी नेपाल
२० भदौ २०८१ ७:४९
64
Shares

काठमाडौं। अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ। सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन्।

एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ।

गोली चलाउने बालकपनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ। गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन्।

प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारवाही गर्ने बताएको छ।

अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन्। २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५ औं घटना हो। यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए।

राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *