फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

डिसी नेपाल
२१ भदौ २०८१ १८:०५
424
Shares

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केही दिन अघि हटाएको थियो।

बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए। बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियाननै चलाएका थिए।

यस क्रममा बालेन र ओलीका समर्थक एक आपसमा डिजिटल लडाईमा लागेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *