संस्कृति हाम्रो समाजको प्राण हो: मन्त्री पाण्डे

डिसी नेपाल
२१ भदौ २०८१ २०:५०
20
Shares

काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन्। हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ  मन्दिर क्षेत्रका को स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रियामा उक्त कुरा बताएका हुन्।

मन्त्री पाण्डेले भने, धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो। यो हाम्रो समाजको प्राण पनि हो। संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो।

उनले हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका महिला भक्तजनहरूसँग समेत त्यहाँको व्यबस्थापनका बारेमा बुझेको र  भक्तजनहरूले लामो लाईन नलागि नै दर्शन गर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए। साथै पशुपति क्षेत्र विकास कोषले लाईन नै बस्न नपर्ने गरि छिटो छरितो रूपमा दर्शनको व्यवस्था गरेको भन्दै मुक्त कण्ठले प्रशंसा समेत गरे।

उनले विविध खालको संस्कृतिले नेपाल र नेपालीलाई संसारभर जोड्ने काम गरेको भन्दै धार्मिक पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्दै पर्यटकहरू भित्र्याउनु पर्नेमा जोड दिए।

मन्त्री पाण्डेले हरितालिका तीजको देश तथा विदेशमा बस्ने महिला दिदीबहिनीहरूलाई शुभकामना समेत दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *