उपसभामुख रानालाई पदबाट हटाउने कदम घातक हुने रास्वपाको चेतावनी

डिसी नेपाल
२६ भदौ २०८१ १३:४०
340
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ।

बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्तागठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताए।

यस विषयमा सत्तापक्षका नेताहरुको पनि ध्यानाकर्षण गराइएको उनले बताए। लामिछानले सहकारी प्रकरणमा आफुमाथि लगाएको आरोप विरुद्ध बोल्ने ठाँउ रहेको भन्दै अन्य सहकारी पिडितहरुको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

पोखरामा आफुलाई देखाइएको कालोझण्डा सहकारी पिडितको पिडा रहेको भन्दै खुल्ला रुपमा छलफल गर्न अफू तयार रहेको उनले बताए। लामिछानले दुईतिहाईको बलमा सदनमा कुनै अप्रिय काम गर्न खोज जनताले प्रतिकार गर्ने धारणा राखे।

त्यस्तै रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघि लेखिएको पत्रलाई लिएर उपसभामुखलाई हटाउने काम गलत भएको बताए। उनले संवैधानिक परिषदलाई आफ्नो अनुकुल बनाउनका लागि सत्तागठबन्धनले उपसभामुख हटाउन खोजेको जिकिर गरे।

उनले उपसभामुखका बिषयमा कुनै औपचारिक कदम नचालिएकाले पर्ख र हेरको अवस्थामा पार्टी रहेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *