पत्रकार किशोर श्रेष्ठ निवासबाटै गिरफ्तार, साइबर ब्यूरो लगिँदै

डिसी नेपाल
१ कार्तिक २०८३ १३:२०

काठमाडौँ। सरकारले पत्रकार किशोर श्रेष्ठलाई उणको निवासबाटै गिरफ्तार गरेको छ। वर्तमान बालेन सरकार गठन भएयता श्रेष्ठ पक्राउ परेको यो दोस्रो पटक हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचार प्रकाशित भएपछि उक्त जाहेरी परेको बताइएको छ। यद्यपि, श्रेष्ठलाई हाल कुन जाहेरीका आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले आधिकारिक जानकारी दिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *