आफ्ना सांसदलाई उपत्यका नछोड्न कांग्रेसको निर्देशन

डिसी नेपाल
२६ भदौ २०८१ १९:५१
276
Shares

काठमाडौं। उपसभामुख इन्दिरा रानामगरले पदीय आचरण विपरित काम गरेको निष्कर्ष निकाल्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको नेपाली कांग्रेसले असोज ३ गतेसम्म उपत्यका नछोड्न आफ्ना सांसदलाई निर्देशन दिएको छ।

बुधबार सबै सांसदलाई असोज ३ सम्म उपत्यका नछोड्न कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले निर्देशन पठाएका छन्। उनले उपत्यका बाहिर रहेका सांसदलाई पनि काठमाडौं फर्किन भनेका छन्।

‘काठमाडौं नछाड्न पार्टीले ह्वीप जारी गरेको छ। उपत्यका बाहिर भएका सांसदलाई पनि तत्काल काठमाडौं फर्किन भनिएको छ,’ एक सांसदले भने।

बुधबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उपसभामुख रानामगरले पदीय मर्यादा विपरित काम गरेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।

बैठकले विभिन्न व्यक्तिको नाम बिभिन्न व्यक्तिको नाम उल्लेख गरेर अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मितिका लागि पत्र लेख्ने कामले सदनको शिर निहुराएको भन्दै राजीनामा दिन आग्रह गरेको थियो।

उपसभामुख रानाले राजीनामा नदिए संसदबाट प्रक्रिया अनुसार हटाइने सत्तारुढ दलको तयारी छ। उपसभमुख रानामगरको दल रास्वमा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले भने उपसभामुखलाई हटाइएको प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन्।

उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन्। त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *