अमेरिकामा नेपाली भलिबल शुरु, पेन्सिलभेनियाका सांसदले गरे स्वागत
न्यूयोर्क। अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा अमेरिकास्तरीय नेपाली भलिबल खेल शुरु भएको छ। अमेरिकाका विभिन्न राज्यबाट भेला भएका पुरुष एवं महिलाका गरी २४ वटा टिमबीचको इन्टा कप भलिबल प्रतियोगितामा नेपाली खेलाडीहरुका लागि
आयोजित स्वागत समारोहमा पेन्सिलभेनिया राज्य संसदका सांसद डेभ म्याडसेनले आप्रवासी समुदायका व्यक्तिहरुले नै अमेरिका निर्माणमा ठूलो भूमिका छ र विविधमा आफ्नो राज्यको पूर्ण विश्वास रहेकोले नेपाली मूलको समुदायलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको बताएका थिए।
उनले समुलदायका बीचको यो खेल देखेर आफू उत्साहित भएको र सबै खेलाडीहरुलाई पेन्सिलभेनियामा स्वागत गर्न आफू उपस्थित भएको बताएका थिए।
आयोजनक संस्था इन्टा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सभापतित्वमा भएको सो स्वागत समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा.अर्जुन बञ्जाडेले यो आयोजनाले खेल भवनाको विकासमा योगदान पुर्याएको धारणा राखेका थिए। कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलसहितका व्यक्तित्वहरु विशेष अथितिका रुपमा उपस्थित थिए।
पुरुषका १६ टिम र महिलाका ८ टिममध्ये शुक्रबार पुरुषका १६ टिमको लिग चरणाका खेलहरु सम्पन्न भएका छन्। महिला टिमको लिग खेल भने शनिबार हुने छ भने शनिबार नै पुरुषतर्फको क्वार्टरफाइनल खेल खेलाइने अयोजक संस्थाका दीपेश प्रधानले बताए।
शुक्रबारको शुरुवाती चरणमा गार्खाली भलिवल टिम र रिजउड नेपाली समाज न्यूयोर्कका बीच, बाग्लुंग समाज र योग ब्लग ह्यारिसवार्गबीच, गार्खाली भलिबल र ह्यारिसवर्ग गार्खाका बीच, न्यूयोर्क इन्टा र योग ब्लडबीच, गोर्खाली भलिबल टिम र कोलम्बस इन्टाबीच, न्यूयोर्क इन्टा र बाग्लुंग समाजबीच सम्पन्न भएको थियो।
यसैगरी फिप्टी स्टार क्लब र न्यूयोर्कबीच, टिम रुकुम र स्याञ्जा समाजबीच, टिम सजनी र सानफ्रान्सिस्को भलिबल टिमबीच, केन्टकी वाइल्ड क्याट र टिम रुकुमबीच, माउण्ट एभरेष्ट टिम र सान फ्रान्सिस्को भलिबल टिमबीच, सिन्सीनाटी भलिबल क्लब र टिम रुकुमबीच, गल्कोट बाग्लुंग र माउण्ट एभरेष्टबीच प्रतिष्पर्धा भएको थियो।
लिग चरणका यी खेलहरुबाट बिजयी भई रिजउड नेपाली समाज टिम, स्याञ्जा समाज टिम, रुकुम टिम, गार्खाली भलिबल टिम, योग ब्लड टिम, सान फ्रान्सिस्को भलिबल टिम, न्यूयोर्क इन्टा टिम क्वार्टर फाइनलमा पुगेका छन्।
शनिवार हुने गलकोट बाग्लुंग र टिम सजनी बीचको लिग चरणको खेलबाट बिजेताले क्वार्टर फाइनल खेलमा प्रवेश पाउने छ । फाउण्डेसनले शनिवार खेलकै बीचमा नेपाली नृत्य र गायनको कार्यक्रम पनि तय गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment