रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

डिसी नेपाल
२९ भदौ २०८१ ११:०२
288
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा छलफल हुनेछ। त्यसैगरी आजको बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुतगरी र आवश्यक छलफल गरिनेछ । साथै राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अद्यावधिक गराउने बताइएको छ।

“बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा पनि छलफल, हालसम्मको तयारीबारे सबै उपसमितिद्वारा प्रस्तुत विषयमा पनि छलफल हुनेछ”, उनले भने। बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे समेत छलफल हुनेछ जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *