बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’को संज्ञा

डिसी नेपाल
२९ भदौ २०८१ १७:१४
380
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एमालेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै ‘मनपरी बोल्ने केटो’ को संज्ञा दिएका हुन्।

ओलीले भने, ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है! त्यो सँग जनमत छ अरे! डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौं नि हामीले, बोक्नेले त बोकेकै छ।’ उनले अगाडी भने, ‘बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृग मार्‍यो भन्दै भ्रम चलाइन्छ। त्यसकारण हामी भ्रमबाट मुक्त हुनुपर्छ।’

‘नलढी कोहीँ हुन्न विजेता’ भन्दै ओलीले बलियो र दुब्लोको लडाइँमा बलियोले प्रहारै गर्दैन भने दुब्लोको त्यसै जित हुने बताए । उनले भने, ‘दुब्लोले कहिले आँखा फुटाइदेला, अर्कोपटक के गर्देला, अर्को पटक दाँत झारिदेला, दुब्लोले त्यति त सक्छ नि! बलियाले हात छाड्दैन्। अनि दुब्लोले एकलौटी हान्या छ, हान्या छ गरेपछि बलियोले नि हार्छ। लड्नुपर्‍यो नि जित्न। आफ्नै हातमा मोबाइल छ, तर आफ्नै साथीविरुद्ध लेख्या छ। विरोधीसँग लड्न मोबाइल चुप छ। अनि हामी लड्छौं कसरी?’

उनले एमाले बलियो हुँदाहुँदै पनि लडाइँ नगर्दा अहिले बजारमा कमजोर देखिएको ओलीको भनाई थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *