मंसिर १६ गते उपनिर्वाचन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

डिसी नेपाल
३० भदौ २०८१ १९:०७
224
Shares

काठमाडाैं। सरकारले मंसिर १६ गते उपनिर्वाचन गर्ने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको रिक्त ३९ पद नगरपालिका, गाँउपालिका, जिल्ला समन्वय समितिको प्रमुख देखि लिएर वडा अध्यक्ष सम्मको पद खाली भएको ठाउँमा उपनिर्वाचन हुन लागेको हो।

काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *