न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरतः प्रधानन्यायाधीश श्रेष्ठ

डिसी नेपाल
३० भदौ २०८१ २१:२३
36
Shares

सङ्खुवासभा। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताएका छन्। सङ्खुवासभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए।

नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायालयको अवधारणाअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले समयमै न्याय प्रदान गर्नतर्फ ध्यान दिन आग्रह गरे। न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको उनको भनाइ थियो। संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन् हुन नदिने प्रधानन्यायाधीश श्रेष्ठले उल्लेख गरे।

नवनिर्मित जिल्ला अदालतको भवनमा २७ कोठा रहेका छन्। उक्त भवन निर्माण गर्न २०७१ जेठमा सम्झौता भएको थियो। रु चार करोड ६१ लाखको लागतमा सो भवन निर्माण गरिएको जिल्ला न्यायाधीश ध्रवराज त्रिपाठीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *