इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै
महोत्तरी। इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।
पर्वका अवसरमा यहाँ मुस्लिम बस्ती निकै चहलपहल छ । मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् । जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् ।
आज बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ । पर्वको महत्व नै एकता र आपसी सद्भाव हुने जलेश्वर–६ का स्थानीवासी महमुद आलम बताउनुहुन्छ ।
पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज ९प्रार्थना० गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ ।
पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम ९करुणा० गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष भएको सम्सी-६ का समाजसेवी इम्तियाज अहमद बताउनुहुन्छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।
यस अघि असावधानीवश असान्दर्भिक फोटो प्रकाशित हुन गएकोमा क्षमाप्राथी छौं। सं.
No ads found for this position

डिसी नेपाल
Facebook Comment