जनयुद्धलाई हिंसाको रुप दिएर अपमानित नगर्न माओवादीको चेतावनी

डिसी नेपाल
३१ भदौ २०८१ १३:५७
36
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रले जनयुद्धलाई हिंसाको रुप दिएर अपमानित नगर्न चेतावनी दिएकाे छ।

प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुने बितिकै माओवादी सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखबाट बोल्ने समय पाएका माओवादी सांसद शक्तिबहादुर बस्नेतले १० बर्षे जनयुद्धको जगमा मुलुकमा परिवर्तन सम्भव भएकाले जनयुद्धलाई हिंसाको रुप दिएर अपमानित नगर्न चेतावनी दिएका हुन्।

जनयुद्धलाई संविधानले सशस्त्र द्वन्द्वको रुपमा परिभाषीत गरेको भन्दै उहाले उक्त तथ्यलाई सत्तापक्ष दलका सांसदहरुले उपेक्षा गर्दै जनयुद्धलाई हिंसाको रुपमा व्याख्या गर्ने काम उपयुक्त नभएको दाबी गरे।

सत्तपक्षबाट शान्ति प्रक्रियाका बिरुद्ध अभिव्यक्ति आउने, संविधान संशोधनका नाममा अधिकार कटौती गर्ने र संवैधानिक परिषदको संख्याका आधारमा उपसभामुखलाई हटाउने खेलको माओवादीले कडा रुपमा प्रतिवाद गर्ने उनले बताए।

उनले जनयुद्धका सन्दर्भमा आएको हिंसा शव्दका बिषयमा सत्तारुढ दलको बुझाइको पनि थप स्पष्टता माग गरे। बस्नेतले आफ्ना मुद्दाहरुलाई यथावत राख्दै सदनलाई सूचारु गराउने पार्टीको निर्णय भएको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *