नक्‍कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका इन्जिनियरविरुद्ध मुद्धा दायर

डिसी नेपाल
३१ भदौ २०८१ १७:५३
116
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीले नक्‍कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको विषयमा मुद्धा दायर गरेको छ।

अख्तियारले चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार सजाय मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *