इन्द्रजात्रामा बालेनको तस्बिर अंकित टिसर्ट लगाएका युवायुवतीलाई प्रहरीले बाहिर निकाल्यो

डिसी नेपाल
१ असोज २०८१ १३:४८
924
Shares

काठमाडौं। इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ।

प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो। प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ।

काठमाडौँ महानगरले  इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गर्दछ। अघिल्लो बर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरुले बालेनको जयजयकार गरेका थिए।

यसपालि भने बालेनको उपस्थिति निश्चित रहेको छैन। उनी भारत गएकाले आज यस कार्यक्रममा उपस्थिति अनिश्चित बनेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *