टी-ट्वान्टी क्रिकेट : नेपालद्वारा ओमान पराजित
काठमाडौं। क्यानडामा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो।
नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो। ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए।
यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो। कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो।
नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिए। टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए। ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment