राजधानीमा खसी- बोका बिक्री सुरु (तस्विरसहित)
काठमाडाैं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैका लागि खसी बोका र च्याङ्ग्रा बिक्री सुरु गरेको छ। कम्पनीको कार्यालय थापाथलीबाट खसीबोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बिक्रि सरु गरेको हो।
कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गरिरहेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२२० रुपैयाँमा तोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सहायक विभागीय प्रवन्धक ज्ञानु थापाले जानकारी दिए।
यस बर्ष देशका बिभिन्न स्थानबाट खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने ल्याइएको उनले बताए। बजार मूल्यलाई स्थीर गराउनका लागि खाद्यले हरेक बर्ष खसी बोका र च्याङ्ग्रा बिक्रि बितरण गर्दै आएको उनले बताए।
खाद्यले सहुलियत मूल्यमा खसी बोका र च्याङ्ग्रा बिक्री सुरु गरेसँगै खरिद गर्न सर्वसाधारणको भीड लागेको छ। दशैमा धेरै नै खसी बोका र च्याङ्ग्राको खपत हुने भएकाले सिङमा हरियो रंग लगाएका खसी बोका र च्याङ्ग्रामात्र खरिद गर्न पशु सेवा विभागले आग्रह गरेको छ।

No ads found for this position




Facebook Comment