रवि लामिछाने पक्राउको विरोधमा काठमाडौंमा आज पनि रास्वपाको प्रदर्शन
काठमाडाैं। सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो।

राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्व फिर्तासहितको न्यायका लागि भन्दै निरन्तर आन्दोलन जारी राखने केन्द्रीय समिति बैठकको निर्णयसंगै काठमाडौं लगाएत देशभर प्रदर्शन गरिएको रास्वपाका नेताहरुले जनाएका छन्।

प्रदर्शनमा सहभागीहरुले राजनीतिक प्रतिशोध बन्द गर, प्रतिवेदनले के भन्छ, ८७ अर्व ले भन्छ, लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनसहितको र्याली नयाँ बानेश्वर पुगेपछि प्रहरीले निषेधित क्षेत्रमा रोकेको थियो।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानका नाममा थुन्ने र मानसिक दवाव दिने षडयन्त्र देखिएका भन्दै रास्वपाले अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको छ।

आन्दोलन सञ्चालन गर्न रास्वपाले पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन मूल समिति समेत गठन गर्ने निर्णय गरिसकेको छ।

No ads found for this position


Facebook Comment