ककनी गाउँपालिकामा उपनिर्वाचनका लागि माओवादीका उम्मेदवार छनोट

डिसी नेपाल
२२ कार्तिक २०८१ २०:४९
2.3k
Shares

नुवाकोट। नेकपा(माओवादी केन्द्र) ककनी गाउँपालिका समितिको बैठकले उपनिर्वाचनका लागि वडाबाट आएको उम्मेदवारको सिफारिसलाई अनुमोदन गरेको छ।

बिहीबार बसेको पार्टीको पालिका समितिको बैठकले आगामी मंसिर १६ गते हुन लागेको ककनी गाउँपालिका २ को वडाअध्यक्षको उम्मेदवारमा वडाबाट सिफारिस भएका कृस्ण घिमिरे मिलनको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो।

यस अघि घिमिरे १५३ मतले पराजित भएका थिए। उनै घिमिरेलाई वडाले गरेको सिफारिस पालिका समितिले अनुमोदन गरेको हो। गत स्थानीय निर्वाचनमा विजयी

काङ्ग्रेसका उम्मेदवार तिलक बहादुर लामाले ८८८ मतले विजयी हुँदा घिमिरेले ७३४ मत ल्याएका थिए। काङ्ग्रेसबाट निर्वाचित भएका वडा अध्यक्ष लामाको निधन भएपछि उक्त वडामा पुन:उपनिर्वाचन हुन लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *