अमेरिकामा भव्यरुपमा मनाइयो छठ पर्व (तस्विरसहित)
वाशिंटन। नेपालको विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्वले व्यापकता पाउँदै गएको छ। सात समुद्र पारि अमेरिकामासमेत छठ पूजा भव्य रुपमा मनाइएको छ।
अमेरिकामा नोभेम्बर ४ देखि ८ सम्म छठ पर्व भव्य रुपमा मनाइएको हो। छठ पूजामा सयौं भक्तजन, विभिन्न संघ संस्थाका स्वयंसेवक र स्थानीय समुदायका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

पछिल्लो तीन वर्षदेखि छठ पूजा कार्यक्रम जर्मनटाउन स्थित नेपाल एजुकेशन कल्चरल सेन्टर (एनइसीसी) मन्दिरमा आयोजना हुँदै आएको छ। जहाँ सबै भक्तजन एकसाथ भेला भएर छठ पर्व मनाउँछन्। प्रत्येक वर्ष छठ पूजामा भक्तजनहरुको उपस्थिति बढ्दै गएको छ।

छठ पर्व आयोजक कमिटीले कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई विशेष धन्यवाद दिएको छ। आयोजकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस कार्यक्रमका सबै स्वयं सेवकहरु, जसको सहयोग बिना यो आयोजना सम्भव हुने थिएन। प्रसाद तयार गर्नु, घाट सजाउनु, पार्किङको व्यवस्था, सजावट र सम्पूर्ण व्यवस्थापनमा स्वयंसेवकहरुको योगदान अतुलनीय छ।’

























No ads found for this position

डिसी नेपाल
Facebook Comment