लगातार ओह्रालो लाग्दै सुनको मूल्य
काठमाडौं। आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६२ हजार ४ सयमा कारोबार भएको छ। यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment