धितोपत्र बोर्डको अध्यक्ष छनौट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो
काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेका तीनजनालाई अन्तर्वार्तामा बोलाइएको छ।
अर्थ मन्त्रालयले छनोट सूचीमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा.नवराज अधिकारीलाई मङ्सिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाएको हो।
यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment