नेपाल टेलिकमको आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं। नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ। टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ।
यस्तो नाफा गत आर्थिक वर्षको यहीं अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो। कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानी ३३ प्रतिशत घट्नु देखिन्छ।
बैंकहरुको घट्दो ब्याजदरको असर टेलिकमको आम्दानीमा परेको हो।
वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ। कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८ अर्ब ६८ करोड छ। ब्याज आम्दानी घटेपछि कुल आम्दानी नै घटेको छ। यस्तो आम्दानी पहिले १० अर्ब ६४ करोड रहेकोमा अहिले १० अर्ब ६ करोडमा झरेको छ।
नाफा घट्दा प्रतिसेयर आम्दानी खुम्चिएको छ। पहिले वार्षिक प्रतिसेयर आम्दानी ४५ रुपैयाँ रहेकोमा अहिले ३८ रुपैयाँ ६६ पैसामा झरेको छ। कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment