नेपाल टेलिकम बन्यो सबैभन्दा बढी कर तिर्ने कम्पनी
काठमाडाैं। सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ।
आन्तरिक राजस्व विभागले शनिबार आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको हो।
अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले तिरेको छ। नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सो सम्मान ग्रहण गरिन्।
आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ। सो अवसरमा नेपाल टेलिकम सहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment