मानव अधिकार रक्षाको आन्दोलनमा ढुंगानाको योगदान स्मरणीय रहने छ : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दु:ख व्यक्त गरेका हुन्।
‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु। दिवंगत मित्र दमननाथ ढुंगानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना!,’ उनले लेखेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment