तोलामा एक हजारले बढ्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
३ मंसिर २०८१ १०:४७
280
Shares

काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजारमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ६० हजारमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *