बुढानिलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

डिसी नेपाल
३ मंसिर २०८१ १८:२६
92
Shares

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका–११ लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका पैयुटार बस्ने नुवाकोट तादी गाउँपालिका–४ घर भएका २६ वर्षीय सुबास आचार्य समेत २१ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रूपैयाँ र ओखर १३ थान सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *