आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु

डिसी नेपाल
३ मंसिर २०८१ २०:५८
28
Shares

बरहथवा (सर्लाही)। खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा आज मृत्यु भएको हो। खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्कनु भएको छ। गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो।

तत्काल स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि आमा नैमुन खातुनलाई किर्तिपुर पुर्‍याए पनि सो अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए। पुनः चितवनस्थित भरतपुर अस्पताल पुर्‍याइ उपचार गर्ने क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *