सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
काठमाडौं। सानिमा बैंक लिमिटेडको वार्षिक साधारण सभा मंगलबार (आज) बिहान ११ बजे बस्दैछ। साधारण सभामा ५.२६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि यस बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ। कात्तिक २२ गते सार्वजनिक विदा परेको थियो भने २३ गते शुक्रबार र २४ गते शनिबार परेको थियो। त्यसैले कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
सभा, आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा आज बिहान ११ बजे सुरु हुँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment