निरन्तर उकालो सुनको मूल्य
काठमाडौं। आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सयले बढेर तोलाको एक लाख ६३ हजारमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार एक सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment