सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजन सम्झौता

डिसी नेपाल
५ मंसिर २०८१ १३:०४
36
Shares

काठमाडाैं। यही मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच प्रायोजन सम्बन्धी समझदारीपत्र आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा मंगलबार सम्पन्न उक्त समझदारी अनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरको रुपमा नेपाल टेलिकम रहनेछ। उक्त समझदारीपत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सको तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिदैं आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्स मार्फत एनपीएल २०८१ मा जोडिन पाउँदा खुशी लागेको बताइन्।

उनले एनपीएल २०८१ मार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताको लागि शुभकामना पनि व्यक्त गरिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *