नेवा :समुदायको रञ्जना लिपि अनलाइन कक्षा संचालन

डिसी नेपाल
९ मंसिर २०८१ ११:०८
52
Shares

काठमाडाैं। बिश्व भरी छरिएर रहेका नेवा :समुदायको आफ्नो भाषा र लिपि लोप हुन नदिन नेवा समुदायका इच्छुक ब्यक्तिका लागि अनलाइन कक्षा सञ्चालन गरिएको छ। नेवा समुदायको रञ्जना लिपि सरासर पढ्न,लेख्न र बोल्न समेत सहज हुने अभिप्रायले अन लाइन कक्षा सञ्चालन गरिएको नेवा:पुच: यूएईका अध्यक्ष बिरेन्द्र नकर्मीले बताए।

अनलाइन कक्षा संचालन हुनुले नेवा: समुदायका व्यक्तिहरुलाई बिर्सिएका आफ्ना भाषाहरु,लिपिहरु सम्झिनका लागि सजिलो भएको बताएका छन्।

मंसिरकाे पहिलो साता शनिबारदेखि अनलाइन कक्षा सुरु भएको पुच:का अध्यक्ष नकर्मीले नेवा: समुदायका इच्छुक ब्यक्तिहरु सरासर पढ्न, लेख्न सक्ने बनाउन, लामो समय सम्मका लागि अनलाइन कक्षा सञ्चालनको व्यवस्था गरिएको जानकारी दिए र हाललाई नौ जना बिद्यार्थीले शुल्क तिरेर लिपि सीकी रहेका छन्।

इन्टरनेटको पहुँच सँगै घरमै कम्प्युटर, ल्यापटप वा स्मार्ट फोनको प्रयोग गरी शिक्षा प्राप्त गर्ने हेतुले नेवा: पुच: यूएईको सहकार्यमा प्रशिक्षक रीना शाक्यले साप्ताहिक रुपमा जुम एप मार्फत अनलाइन कक्षा संचालन गर्नु हुने छ।

नेवा: समुदायको भाषा,लिपि,रहनसहन र सांस्कृतिक संरक्षणमा समेत सहयोग पुर्‍याएको प्रतिक्रिया दिएका छन्।यस अनलाइन कक्षा मार्फत आफूहरुले प्रभावकारी शिक्षण सिकाइ पाएको र नेवा: समुदायमा पनि फरक फरक लिपिको जानकारी पाएकोमा खुसी ब्यक्त गरे।

यस अनलाइन कक्षाबाट प्रवासमा रहेका ब्यक्तिहरू लाभान्वित हुने भएका छन्। बैदेशिक रोजगारी,अध्ययनको सिलसिलामा देश बाहिर रहेर पनि भौतिकरूपमा कक्षामा उपस्थित नभई संसारको जुनसुकै क्षेत्रमा रहेका इच्छुक व्यक्तिले आफूले चाहेको जुनसुकै समय ब्यबस्थापन गरी उक्त भाषा,लिपि सिक्न मद्दत पुगेको अध्यक्ष नकर्मिले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *