रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
सिन्धुली । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। उक्त गाडी काठमाडौंबाट रामेछापतर्फ गइरहेको थियो।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी सडकबाट तीन सय मिटर तल खसेको छ। मृत्यु हुनेमा दुई पुरुष, दुई जना महिला र एक बच्चा छन्। थप विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment