रामेछाप दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षको निधन

डिसी नेपाल
१४ मंसिर २०८१ १५:३४
176
Shares

काठमाडौं । रामेछाप सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ।

काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो सिमखोला भन्ने स्थानमा दुर्घटना हुँदा वडाध्यक्ष बस्नेतसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।

गाडीमा ८ जना सवार रहेकोमा तीन जनालाई उद्धार गरेर अस्पताल लगिएको छ।

वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *