सुनको मूल्य तोलामा १२ सय घट्यो
काठमाडौं। आज सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ।
नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रूपैयाँले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment