नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो।
आज तीन सय २० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार छ सय ७७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १३ करोड २४ लाख ६८ हजार नौ सय छ बराबरको कारोबार भएको छ।
जलविद्युत् समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४ र लघुवित्त शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ७२ प्रतिशतले घटेको छ।
बैंकिङ शून्य दशमलव ३४, विकास बैंक एक दशमलव ९४, वित्त एक दशमलव २४, होटल तथा पर्यटन शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ। त्यस्तै जीवन बिमा एक दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव ३४, निर्जीवन बिमा शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३० करोड ३० लाख ६९ हजार दुई सय २५ को कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ११ लाख ९५ हजार नौ सय ८४ कित्ता शेयर किनबेच भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment