अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठक २३ र २४ का लागि तय भएको सम्मेलन अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो।
यसअघि असोज १०–१५ सम्म गर्ने भन्दै सम्मेलनको मिति तय भएको थियो। तर, उमेर हद विवादले मंसिर २३ र २४ गते तोकिए पनि आज बसेको बैठकले अनिश्चित कालका लागि स्थगित गरिदिएको छ।
निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिको छानविन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment