‘नेपाली कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुन्छ’

डिसी नेपाल
२१ मंसिर २०८१ २२:२२
84
Shares

धरान (सुनसरी)। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुने बताएका छन्।

धरान उपमहानगरपालिका– १५ मा आयोजित साहित्यकार गिरिराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यिक विचारहरू’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले कांग्रेस कमजोर भएमा लोकतन्त्रमाथि जोखिम बढ्न सक्ने धारणा राखे। नेता लेखकले लोकतन्त्रलाई सुरक्षित गर्न पनि कांग्रेस बलियो हुन आवश्यक रहेको जिकिर गरे।

गृहमन्त्री लेखकले वर्तमान सरकार र सत्ता गठबन्धन मुलुकमा सरकारको स्थायित्वमार्फत सुशासन, दिगो शान्ति र समृद्धिका लागि बनेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *