पाल्पाका दुई पालिकामा आइतबार सार्वजनिक बिदा

डिसी नेपाल
२२ मंसिर २०८१ १२:५७
220
Shares

पाल्पा । सुन्तला महोत्सवको अवसरमा पाल्पाका दुई पालिकाले आइतबार सार्वजनिक बिदा घोषणा गरकेा छन्। रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले शनिबार र आइतबार राखेको सुन्तला महोत्सव सफल पार्न आइतबार स्थानीय बिदा दिएका हुन्।

दुई पालिकाको आयोजनामा रैनादेवी छहरा–५, मुझुङ कटौजेपानीमा सुन्तला महोत्सव गरिन लागेको हो। रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले राजनीतिक दलका साथै महोत्सव आयोजक समितिको बैठकले आइतबार बिदा दिने निर्णय गरेको हो।

महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैंचा व्यवस्थापनमा सीप र ज्ञानको विकास गर्न महोत्सव राखिएको बताइएको छ।

दुवै स्थानीय तहले महोत्सवका लागि ५/५ लाख बजेट विनियोजन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *