पाँच जिल्लामा आज रास्वपाको भेला
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पाँच जिल्लामा भेला गरेको छ।
पार्टीको संगठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच जिल्लामा भेला आयोजना गर्न लागेको पार्का कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा भेला आयोजना भएको बताइएको छ। भेलाले पार्टीको संशोधित विधानको सांगठनिक संरचनाअनुसार जिल्ला समिति गठन, संगगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदको पदपूर्ति गर्ने कर्लाकोटीले बताए।
जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा सङ्गठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको उनको भनाइ छ। रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment