लामिछानेलाई वीरगन्ज लगियो

डिसी नेपाल
२४ मंसिर २०८१ १४:४४
88
Shares

पोखरा । सहकारी ठगी प्रकरणमा बयानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज लगिएको छ।

लामिछानेलाई पोखराबाट सोमबार विमानमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो।

वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसँग प्रहरीले बयान लिने छ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई पोखराबाटै सडकमार्ग हुँदै प्रहरीले आइतबार नै वीरगन्ज पुर्‍याइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *